Entries open

N-PABSAN Kathmandu Valley-wide Inter-School Folk Dance Competition 2083

Register now

Notices

Announcements & circulars

Notices issued by the district committee to member schools.

  1. Active relief fund

    Rasuwa Flood Relief Fund

    Submit a donation for verification and follow confirmed contributions in the public ledger.

    View campaign
  2. Announcement

    गोकर्णेश्वर नगर एन प्याब्सनको अध्यक्षमा निराजन आचार्य

    गोकर्णेश्वर नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ।

    अध्यक्ष - निराजन आचार्य

    उपाध्यक्ष - हरि लामा

    सचिव - झलकमान तामाङ

    कोषाध्यक्ष - सिता पाण्डे

    सदस्य - विश्वास अर्याल

    सदस्य - बिक्रम पौडेल

    सदस्य - जनक खनाल

    सदस्य - रविन श्रेष्ठ

    सदस्य - गौरब प्रसाद बडाल

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गोकर्णेश्वर नगर समितिको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट निराजन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा हरि लामा, सचिवमा झलकमान तामाङ र कोषाध्यक्षमा सिता पाण्डे चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा विश्वास अर्याल, बिक्रम पौडेल, जनक खनाल, रविन श्रेष्ठ र गौरब प्रसाद बडाल चयन भएका छन् । अधिवेशनले गोकर्णेश्वर नगर क्षेत्रका निजी तथा आवासीय विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा विद्यालयबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।

    गोकर्णेश्वर नगर एन प्याब्सनको अध्यक्षमा निराजन आचार्य
  3. भोटेकोशी बाढीपीडितका लागि नेसनल प्याब्सनले गर्‍यो १ करोड सहय

    Announcement

    भोटेकोशी बाढीपीडितका लागि नेसनल प्याब्सनले गर्‍यो १ करोड सहयोग

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ रुपैयाँ सहयोग गरेको छ । नेसनल प्याब्सनले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै नेसनल प्याब्सनले दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

    बाढीका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएका छन् । कतिपय विद्यालय भवन, कक्षाकोठा तथा शैक्षिक संरचनामा क्षति पुगेकाले राहतसँगै शैक्षिक क्षेत्रको पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने नेसनल प्याब्सनले जनाएको छ ।नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विपद्को समयमा निजी क्षेत्रका विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए । राहत सहयोगसँगै प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन तथा विद्यालयको शैक्षिक वातावरणलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र समन्वय गरिने उनले बताए । बाढीबाट विद्यालय भवन, कक्षाकोठा र शैक्षिक सामग्रीमा क्षति पुगेका स्थानमा विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने अवस्था रहेकाले शिक्षा पुनःस्थापनालाई पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने नेसनल प्याब्सनको धारणा छ । नेसनल प्याब्सनले प्रभावित विद्यार्थी, शिक्षक, विद्यालय तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै शैक्षिक गतिविधि पुनः सञ्चालन र क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    Announcement
  4. बुढानिलकण्ठ नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ सम

    बुढानिलकण्ठ नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ समितिको अध्यक्षमा - कमलमणी न्यौपाने

    बुढानिलकण्ठ नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ। अध्यक्ष - कमलमणी न्यौपाने

    उपाध्यक्ष - मुरारी चालिसे

    सचिन - पबित्रा राना मगर

    कोषाध्यक्ष - सम्भु प्रसाद अधिकारी

    सदस्य - दिनेश थापा

    सदस्य - मनोज कुमार नेपाल

    सदस्य - दिपक ढकाल

    सदस्य - रमेश खतिवडा

    सदस्य - धन बहादुर गुरुङ

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) बुढानीलकण्ठ नगर समितिको तेस्रो अधिवेशनबाट कमलमणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

    अधिवेशनबाट उपाध्यक्षमा मुरारी चालिसे, सचिवमा पवित्रा राना मगर र कोषाध्यक्षमा शम्भुप्रसाद अधिकारी चयन हुनुभएको छ।

    त्यस्तै सदस्यहरूमा दिनेश थापा, मनोजकुमार नेपाल, दीपक ढकाल, रमेश खतिवडा र धनबहादुर गुरुङ चयन हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष न्यौपानेसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई व्यक्त गरिएको छ।

    नयाँ कार्यसमितिले बुढानीलकण्ठ नगर क्षेत्रका संस्थागत विद्यालयको हकहित संरक्षणसँगै शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयबीच सहकार्य तथा विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    बुढानिलकण्ठ नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ समितिको अध्यक्षमा - कमलमणी न्यौपाने
  5. Notice

    रसुवा बाढी राहत कोषमा रकम जम्मा तथा विवरण अपलोड सम्बन्धमा

    सूचना

    रसुवा बाढी राहत कोषमा रकम जम्मा तथा विवरण अपलोड सम्बन्धमा

    सम्पूर्ण NPABSAN, काठमाडौं अन्तर्गतका सदस्य विद्यालयहरूमा हार्दिक अनुरोध छ।

    रसुवा जिल्लामा आएको बाढी तथा विपद्का कारण प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि NPABSAN केन्द्रीय समितिको खातामा रकम जम्मा गर्नुभएका सम्पूर्ण विद्यालयहरूले आफूले जम्मा गरेको रकम तथा सम्बन्धित विवरण काठमाडौं जिल्लाको आधिकारिक वेबसाइटमा रहेको “Rasuwa Flood Relief Fund” शीर्षकअन्तर्गत अनिवार्य रूपमा अपलोड गरिदिनुहुन अनुरोध गर्दछौँ।

    वेबसाइटमा विवरण अपलोड गर्दा विद्यालयको नाम, सम्पर्क विवरण, जम्मा गरिएको रकम, रकम जम्मा गरेको मिति तथा आवश्यक अन्य विवरण स्पष्ट रूपमा उल्लेख गरिदिनुहोला।

    यसरी सबै विद्यालयले आफ्नो विवरण एउटै स्थानमा अद्यावधिक गरेमा राहत कोषमा संकलित कुल रकम, विद्यालयगत योगदान तथा सम्पूर्ण विवरण पारदर्शी रूपमा अभिलेख राख्न र सम्बन्धित सदस्यहरूलाई सहज रूपमा जानकारी प्राप्त गर्न सहयोग पुग्नेछ।

    अतः NPABSAN केन्द्रीय समितिको खातामा रकम जम्मा गरिसक्नुभएका सम्पूर्ण विद्यालयहरूले यथाशीघ्र वेबसाइटमा गई आफ्नो विवरण अपलोड गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

    वेबसाइट: npabsankathmandu.org Section: Rasuwa Flood Relief Fund

    धन्यवाद।

    टंक थापा कोषाध्यक्ष NPABSAN, काठमाडौं

  6. Announcement

    नेशनल प्याब्सन नागार्जुन नगर समितिको अध्यक्षमा चन्द्र क्षेत्री चयन

    नागार्जुन नगर एन प्याब्सनको चौथो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ। अध्यक्ष - चन्द्र क्षेत्री उपाध्यक्ष - अर्जुन पाठक सचिव - निर्मला श्रेष्ठ कोषाध्यक्ष - दिलिप बरसिंह थापा सदस्य - होमनाथ अधिकारी सदस्य - पलपषा महर्जन सदस्य - सिताराम भुजेल सदस्य - जिवन पौडेल सदस्य - अम्बिका भण्डारी सदस्य - एकराज कुंवर सदस्य - घनश्याम बलामी सदस्य - मिना कार्की सदस्य - आरती चित्रकार

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) नागार्जुन नगरको चौथो अधिवेशनबाट चन्द्र क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट अर्जुन पाठक उपाध्यक्ष, निर्मला श्रेष्ठ सचिव र दिलिप बरसिंह थापा कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरूमा होमनाथ अधिकारी, पलपषा महर्जन, सिताराम भुजेल, जिवन पौडेल, अम्बिका भण्डारी, एकराज कुंवर, घनश्याम बलामी, मिना कार्की र आरती चित्रकार चयन भएका छन् ।

    नवगठित समितिले नागार्जुन नगर क्षेत्रका निजी विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास तथा विद्यालयबीचको समन्वयलाई प्रभावकारी बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।

    नेशनल प्याब्सन नागार्जुन नगर समितिको अध्यक्षमा चन्द्र क्षेत्री चयन
  7. Announcement

    तार्केश्वर नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट अध्यक्ष - केशवराज शर्मा

    तार्केश्वर नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट अध्यक्ष - केशवराज शर्मा

    तार्केश्वर नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ। अध्यक्ष - केशवराज शर्मा उपाध्यक्ष - अमृत ​​भण्डारी सचिव - अमर भण्डारी कोषाध्यक्ष - कृष्ण श्रेष्ठ सदस्य - दुर्गा बास्तोला सदस्य - अविनाश उप्रेती सदस्य - उमा अधिकारी सदस्य - दिपेश फुयाल सदस्य - कार्यसमिती बैठबा

    नीजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) तार्केश्वर नगरको तेस्रो अधिवेशनबाट केशवराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले निजी तथा संस्थागत विद्यालय क्षेत्रको शैक्षिक विकास, विद्यालयबीचको सहकार्य तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृत भण्डारी, सचिवमा अमर भण्डारी र कोषाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दुर्गा बास्तोला, अविनाश उप्रेती, उमा अधिकारी र दिपेश फुयाल चयन भएका छन्।

    नयाँ कार्यसमितिले तार्केश्वर नगर क्षेत्रका निजी तथा संस्थागत विद्यालयका साझा समस्या, शैक्षिक सुधार, विद्यालय व्यवस्थापन तथा शिक्षक–विद्यार्थीको हितका विषयमा समन्वय गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै नगर क्षेत्रको शिक्षा क्षेत्रलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

    तेस्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिको कार्यकालमा तार्केश्वर नगरको निजी शिक्षा क्षेत्रले थप प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ।

    तार्केश्वर नगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट अध्यक्ष - केशवराज शर्मा
  8. Notice

    Important Notice of Folk Dance Competition

    Important Notice of Folk Dance Competition
  9. Announcement

    नेशनल प्याब्सन काठमाडौं महानगर समितिको अध्यक्षमा नवराज पाण्डे

    महानगर एन प्याब्सनको तेस्रो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ। अध्यक्ष - नवराज पाण्डे उपाध्यक्ष - टंक गैरे सचिव - सुनिल के. सी. कोषाध्यक्ष - रनिस भट्टराई सदस्य - प्रकाश श्रेष्ठ सदस्य - मनिष श्रेष्ठ सदस्य- चपला ढकाल

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनले नवराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

    अधिवेशनबाट उपाध्यक्षमा टंक गैह्रै, सचिवमा सुनिल केसी र कोषाध्यक्षमा रनिश भट्टराई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रकाश श्रेष्ठ, मनिस श्रेष्ठ र चपला ढकाल चयन भएका छन्।

    नेशनल प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेमकुमार भुजेलका अनुसार अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।

    अधिवेशनमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, केन्द्रीय उपाध्यक्ष विष्णु पराजुली लगायत केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    नवनिर्वाचित समितिले काठमाडौं महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयका साझा समस्या समाधान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    नयाँ नेतृत्वले विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय कायम गर्दै संस्थागत शिक्षा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने जनाएको छ। साथै, संस्थागत विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

    नेशनल प्याब्सन काठमाडौं महानगर समितिको अध्यक्षमा नवराज पाण्डे
  10. Announcement

    नेशनल प्याब्सन टोखा नगरसमितिको अध्यक्षमा बलराम भट्ट

    नेशनल प्याब्सन टोखा नगरसमितिको अध्यक्षमा बलराम भट्ट

    चौथो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ। अध्यक्ष - बलराम भट्ट उपाध्यक्ष - कृष्ण प्रसाद ढकाल सचिव - रामनाथ आचार्य कोषाध्यक्ष - प्रकाश राज बुढाथोकी सदस्य - १) सबु प्रधान २) होमनाथ आचार्य ३) भोला राउत ४) एकनारायण मर्धन ५)जगन बहादुर क्षेत्री

    नेशनल प्याब्सन टोखा नगरसमितिको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न अधिवेशनले बलराम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेलले जानकारी दिए । उनका उनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा रामनाथ आचार्य र कोषाध्यक्षमा प्रकाशराज बुढाथोकी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सबु प्रधान, होमनाथ आचार्य, भोला राउत, एकनारायण महर्जन र जगनबहादुर क्षेत्री चयन भएका छन् ।

    अधिवेशनले निजी तथा संस्थागत विद्यालयका साझा शैक्षिक तथा व्यावसायिक मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने र टोखा क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष भट्टसहित सम्पूर्ण कार्यसमितिलाई अधिवेशनमा सहभागी सदस्यहरूले सफल कार्यकालको शुभकामना दिएका छन् ।

    नेशनल प्याब्सन टोखा नगरसमितिको अध्यक्षमा बलराम भट्ट
  11. Announcement

    नेशनल प्याब्सन कागेश्वरी मनोहराको अध्यक्षमा राजीव सेढाईं

    नेशनल प्याब्सन कागेश्वरी मनोहराको अध्यक्षमा राजीव सेढाईं

    तेस्रो अधिवेशनबाट गठित नयाँ समितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई छ। अध्यक्ष - राजिब शेढाई उपाध्यक्ष - दिपेन्द्र यादव सचिव - बाल कृष्ण भट्टराई कोषाध्यक्ष - भवानी के सी सदस्य - श्याम लिम्बु - महेन्द्र रेगमी - इन्दीरा आधिकारी - आङदावा लामा

    नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको तेस्रो अधिवेशनबाट राजीव सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

    आज सम्पन्न अधिवेशनले नगर कमिटीको नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र यादव, सचिवमा बालकृष्ण भट्टराई र कोषाध्यक्षमा भवानी केसी चयन भएका छन्।

    त्यस्तै, सदस्यहरूमा श्याम लिम्बु, महेन्द्र रेग्मी, इन्दीरा अधिकारी र आङदावा लामा चयन भएका छन्।

    नवनिर्वाचित कार्यसमितिले कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयहरूको शैक्षिक विकास, संस्थागत समन्वय तथा विद्यालयसँग सम्बन्धित साझा विषय र समस्याको समाधानका लागि सहकार्य गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ।

    अधिवेशनमा सहभागी पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नयाँ नेतृत्वले विद्यालयहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

    नेशनल प्याब्सन कागेश्वरी मनोहराको अध्यक्षमा राजीव सेढाईं
  12. Notice

    N-PABSAN Kathmandu Valley-wide Inter-School Folk Dance Competition 2083

    N-PABSAN Kathmandu Valley-wide Inter-School Folk Dance Competition 2083
  13. programme

    आमा, बुबा र शिक्षकप्रति विद्यार्थीको कर्तव्य विषयक वक्तृत्वकला प्रतियोगिता २०८३

    Speech competition on students' duty towards mother, father and teacher. 2083 Shrawan 22 (Friday), Panini School, Kageshwari Manohara-9, Kandaghari, Kathmandu.

    नेसनल प्याब्सन काठमाडौंको संयोजन तथा नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगरद्वारा आयोजित।

    मिति: २०८३ साउन २२ गते, शुक्रबार स्थान: पाणिनी स्कुल कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौं

    Coordinated by National PABSAN Kathmandu and organised by National PABSAN Kageshwari Manohara municipality committee.

    Vaktritwakala Pratiyogita 2083 notice