सूचना
रसुवा बाढी राहत कोषमा रकम जम्मा तथा विवरण अपलोड सम्बन्धमा
सम्पूर्ण NPABSAN, काठमाडौं अन्तर्गतका सदस्य विद्यालयहरूमा हार्दिक अनुरोध छ।
रसुवा जिल्लामा आएको बाढी तथा विपद्का कारण प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि NPABSAN केन्द्रीय समितिको खातामा रकम जम्मा गर्नुभएका सम्पूर्ण विद्यालयहरूले आफूले जम्मा गरेको रकम तथा सम्बन्धित विवरण काठमाडौं जिल्लाको आधिकारिक वेबसाइटमा रहेको “Rasuwa Flood Relief Fund” शीर्षकअन्तर्गत अनिवार्य रूपमा अपलोड गरिदिनुहुन अनुरोध गर्दछौँ।
वेबसाइटमा विवरण अपलोड गर्दा विद्यालयको नाम, सम्पर्क विवरण, जम्मा गरिएको रकम, रकम जम्मा गरेको मिति तथा आवश्यक अन्य विवरण स्पष्ट रूपमा उल्लेख गरिदिनुहोला।
यसरी सबै विद्यालयले आफ्नो विवरण एउटै स्थानमा अद्यावधिक गरेमा राहत कोषमा संकलित कुल रकम, विद्यालयगत योगदान तथा सम्पूर्ण विवरण पारदर्शी रूपमा अभिलेख राख्न र सम्बन्धित सदस्यहरूलाई सहज रूपमा जानकारी प्राप्त गर्न सहयोग पुग्नेछ।
अतः NPABSAN केन्द्रीय समितिको खातामा रकम जम्मा गरिसक्नुभएका सम्पूर्ण विद्यालयहरूले यथाशीघ्र वेबसाइटमा गई आफ्नो विवरण अपलोड गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
वेबसाइट: npabsankathmandu.org Section: Rasuwa Flood Relief Fund
धन्यवाद।
टंक थापा कोषाध्यक्ष NPABSAN, काठमाडौं